काठमाडौं, १२ असार : जारी विश्वकप फुटबलमा समुह डि अन्तर्गत आज अर्जेन्टिना र नाइजेरिया भिड्दैछ । आइसल्यान्डसँग बराबरी र क्रोएसियासँग पराजित भएको अर्जेन्टिना लागि दोस्रो चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।
क्रोएसियासँग हारेपछि झिनो आशा बचेको अर्जेन्टिनाका लागि असार ८ गते रसियाको भोल्गोगार्ड एरिनामा नाइजेरियाले आइसल्याण्डलाई २ गोलले पराजित गरेपछि दोस्रो चरणको लागि केही सहज बनेको छ । आइसल्याण्डले उक्त खेल जितेको भए अर्जेन्टिना र नाइजेरियाको विश्वकप यात्रा समूह चरणमै टुङ्गिने थियो ।
विश्वकपको समूह चरणमा अर्जेन्टिना र नाइजेरिया सन् १९९४, २००२, २०१० र २०१४ मा लगातार एउटै समूहमा परेका थिए । जुन चारै खेलमा अर्जेन्टिनाले नाइजेरियालार्इ हराएको थियो ।
सेन्ट पिटर्सबर्ग स्टेडिम नाइजेरियासँग आज राति पौन १२ बजे हुने खेल अर्जेन्टिनालाई जितका साथै गोल अन्तर बढाउनु पर्नेछ । समुहमा खेल जित्दा उसको चार अंक हुनेछ । भने उता क्रोएसियालाई आइसल्याण्डले हराए उसको पनि चार अंक हुनेछ ।
विश्वकपको समूह चरणमा लगातार अर्जेन्टिना र नाइजेरिया भिडिरहेका छन् । सन् १९९४, २००२, २०१० र २०१४ मा दुबै राष्ट्र एउटै समूहमा परेका थिए । विश्वकपको चारै खेलमा अर्जेन्टिनालाई नाइजेरियाले जित्न भने सकेका छैन् । नाइजेरियाले विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी मुलुकलाई पराजित गर्न सकेको छैन । तर नाइजेरियाले गत वर्ष भएको मैत्रीपूर्ण खेलमा भने अर्जे्न्टिनालाई पराजित गरेको थियो
नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलको कुरा गर्ने हो भने सर्जियो एगुएरो, गोन्जालो हिगुइन र पाउलो डायबाला जस्ता खेलाडीले केही गर्न सकेनन् । त्यतिबेला अर्जे्न्टिना ४–२ ले पराजित भएको थियो ।