अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी पर्यो

रिपोर्ट नेपाल | 2020 Feb 07 | 03:26 pm 2332

एजेन्सीः लामो समयदेखि अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ ।

लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन सक्ने अधिकारीहरुले बताएका छन् ।

पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको बीबीसीले जनाएको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् ।

तर मौसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

गएको सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गैसकेको छ भने एक करोड हेक्टर जमिनमा क्षति पुगिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.