असार १ गते काठमाडौंका सम्पूर्ण निजि विद्यालयमा बिदा दिइने

रिपोर्ट नेपाल | 2019 Jun 14 | 01:45 pm 2128

काठमाडौं, जेठ ३१ :   काठमाडौं जिल्ला अन्तर्गत रहेका सम्पूर्ण निजि विद्यालयहरु असार १ गते आइतबार बिदा हुने भएको छ । एन. प्याब्सन काठमाडौंले  विशेष विज्ञप्ति जारी गर्दै लामो समय देखि शिक्षा क्षेत्रमा समर्पित कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल,नेसनल प्याव्सनका काठमाडौं जिल्ला उपसचिव तथा गोकर्णेश्वर नगर समितिका अध्यक्ष रहेका क्रियाशील व्यक्तित्व बाल कुमार गुरुङको यहि जेठ ३० गते भएको निधन प्रति शोक बिदा दिने भएको हो ।

उक्त बिज्ञप्ति मार्फत श्रद्वेय गुरुङ प्रति भाव पूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उक्त एक दिन विद्यालय बन्द गरी यस दुःखद् घडीमा साथ दिन  सम्बन्धित सबै बिद्यालय तथा संघ संस्थाहरुलाई विशेष अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.