काठमाडाैं, कार्तिक २३ । गत २१ गते राति सिआरपी डिउटीमा रहेका असई सुनबहादुर तामाङ लगायतका पाँच जनाले यात्रामा रहेका यात्रुलाई डाका चाेरी गरेका थिए।
लुटपाट पछि यात्रुले प्रहरीलाई खवर गरेपछि तत्काल पक्राउ गरि डाका चाेरी अभियाेगमा प्रहरीले मुद्दा चलाएको थियोे । यसरी मुद्दा चलाइएका असई तामाङ सहित प्रहरीले अदालत बुझाएको थियो ।
मुद्दा माथि न्यायाधीश कपिलमणी गाैतमकाे इजलासले सुनावाई गर्दै आराेपित पाँचैजनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ।