अष्ट्रेलिया पठाइदिन्छु भनि लाखाैं रकम ठगी गर्ने निरौला पक्राउ

| 2021 Oct 06 | 07:42 pm 1481

काठमाडौं, असोज २०ः अष्ट्रेलिया पठाइदिन्छु भनि लाखौं ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं.१३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१० मध्यबानेश्वर बस्ने ४१ वर्षीय मणी निरौला रहेका छन् ।

निरौलाले आफूलाई Queensland Education Foundation प्रा.लि.को संचालक हुँ भनि म्याग्दी मङ्गला गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेण्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिन्छु भनि १२ लाख लाग्ने भनि रकम ठगी गरेका थिए ।

अभियुक्तले सो रकम लिई भनेको समयमा नपठाएपछि सम्पर्क गर्दा सम्पर्कमा नआई उक्त प्रा.लि.समेत बन्द गरी सम्पर्क बिहीन भई ठगी गरेको भनि महाशाखामा जाहेरी परेपछि खोजतलास गर्ने क्रममा यस महाशाखाको विशेष टोलीले उनलाई हिजो मंगलबार कामनपा १० नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरीबृत्त सिंहदरबार पठाइएको सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.