अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गर्ने तयारी

| 2024 Sep 09 | 01:24 pm 197

काठमाडौँ २४ भदौ / परराष्ट्र मन्त्री आरजु राणा देउवाले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गर्ने तयारी गरेकी छिन्। राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको थियो।

पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भरसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिस गर्ने बताइएको छ ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आफै नाम फिर्ता लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.