अष्ट्रेलियन कलेजले मान्यता पाएन, हजारै नेपाली विद्यार्थीको भविष्य अन्यौल

| 2019 Feb 20 | 07:29 pm 2429

अस्ट्रेलिया, फागुन  ८ : अष्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि सपनाको शहर बन्दै गएको छ । तर सरकारले सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको छ ।

कलेजको दर्ता खारेजीसँगै उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेका सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । अष्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलियान इन्स्टिच्युट अफ बिजनेस एन्ड इन्फर्मेसनले मान्यता नपाउँदा हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

अस्ट्रेलियमा अध्यानरत  विद्यार्थीहरुले आफू पढ्दै आएको कलेजको मान्यता खारेज भएको र मान्यता नपाएको कलेजमा अध्ययन गरिरहेको बताएका छन् ।डेढ वर्षअघि नर्सिङ कोर्स पढ्न सिड्नीस्थित अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) पुगेका विद्यार्थीहरुले कलेजले नर्सिङ पढाउन मान्यता नपाएपछि उनीहरुले आफूहरु ठगिएको बताए ।

कलेज खोल्ने, चलाउने र पढाउने अनुमति भएपनि पढाइलाई नर्सिङ काउन्सिलले मान्यता दिएको थिएन । काठमाडौंका विभिन्न कन्सलटेन्सीमार्फत भर्ना गरिएको उनीहरुले कलेजले रजिस्ट्रेसनका चरणमा रहँदै गर्दा आफूलाई पठाएको भन्दै गुनासो गरे ।

नर्सिङ पढेकाहरुलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इन्टर्नशीसपका लागि मान्यता दिने रेगुलेटर एजेन्सीले पनि मान्यता नदिने भएपछि विद्यार्थीको डेढ वर्षको पढाइ खेर जाने अवस्था आयो । आफ्नो पढाइले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थीहरुले नेपाली दूतावास र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठनमा निवेदन समेत दिएका छन् ।

समस्यामा परेका विद्यार्थीहरुले शैक्षिक परामर्शदाताले आफूहरुलाई यहाँ आउनुअघि पर्याप्त जानकारी नदिएको गुनासो गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै उनीहरुले आफ्नो हजारौं डलर खर्च भइसकेकाले दोधारमा परेको बताएका छन् ।

यसै क्षेत्रका जानकारहरु विद्यार्थीहरुको भविष्यमा असर नपार्ने दाबी गर्छन् । कलेज बन्द भएपनि ट्युसन प्रोटेक्सन स्किम (टिपिएस) अन्तर्गत विद्यार्थीको शुल्क फिर्ता हुनसक्ने जानकारहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.