अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

रिपोर्ट नेपाल | 2019 Feb 21 | 04:11 pm 2476

काठमाडौं, फागुन ९ : अष्ट्रियाकी विदेश मामिलामन्त्री करिन केनिसिल जम्बो टोलस्सहित बिहीबार काठमाडौं आएकी छन् । परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेश मन्त्री करिन नेपाल आएकी हुन् ।

नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्री सहितको टोलीले द्विपक्षीय बार्ता गर्ने कार्यक्रम छ । यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि छन् । विदेश मन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

अस्ट्रेलियाले नेपालका विभिन्न विकास परियोजनाहरू जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.