काठमाडौं, असार २९ः पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ रहेका छन् । उनलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा पक्राउ गरेको हो ।
श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताएका छन् । श्रेष्ठले ती बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडितको तर्फबाट साइबर ब्यूरोमा उजूरी परेको थियो ।
प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ मा उल्लखित कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको ब्यूरोले जनाएको छ ।