अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम : खेलकुद मन्त्रीले गरे सम्मान

रिपोर्ट नेपाल | 2018 Jun 07 | 05:08 pm 3250

काठमाडौँ जेठ २४: अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । बुधबार राजधानीको लगनखेलस्थित आर्मी ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुति दिएका हुन् ।

दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा दर्जी र बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाए ।

अशोक खेलकुद मन्त्री जगत् विश्वकर्माले यती सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रशंसा समेत गरे । सातैं प्रदेशबाट आएका विभिन्न विद्यालयका खेलाडीहरूले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।

अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केही भुलहुन गएमा टंक सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केही समस्या परेको देखिन्थ्यो । साथै प्रस्तुति दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै मन्त्री विश्वकर्माले सम्मान समत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.