अवैध लागूऔषधसहित एक विदेशी नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 22 | 06:38 am 1871

काठमाडौं, साउन ६: अवैध प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन लुकाइछिपाइ पोर्चुगल लैजान लागेको अवस्थामा एक विदेशी  नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोर्चुगल नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राहदानी नम्बर सीए ७०१२९३ वाहक २५ वर्षीय टिगो मेन्डिस परेरा रहेका छन् । परेराकाे साथबाट प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन ४ किलो २ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको लागूऔषधको बजार मूल्य चार करोड रुपैयाँभन्दा बढि रहेको प्रहरीको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.