अवैध १० किलो सुनसहित दुई प्रहरीको फन्दामा

| 2018 Sep 08 | 07:40 pm 2099

गोरखा, भदौ २३: विगतका दिनहरुमा उपत्यकाको आसपासबाट सुन तस्करी गरिएको थियो भने अव अन्य ठाँउलाई केन्द्रबिन्दु बनाउन थालेका छन् । उत्तरी गोरखाको सिर्दिबासमा १० किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

गोरखाको चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिएका छन् ।

सुन सहित पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका हुन् ।

विगत लामो समयदेखि गोरखाको उत्तरी क्षेत्र हुँदै नेपालमा सुनको तस्करी भइरहेको आङ्शकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आइरहेको थियो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.