अवैध हतियारसहित सर्लाहीमा एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 24 | 08:15 am 2117

सर्लाही, माघ ११ः जिल्लाको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । “उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षक राठौरले भने ।

पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले छिमेकी देश भारतसँग खुला सिमानाका जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.