अवैध हतियारसहित रुपन्देहीबाट ३ भारतीय पक्राउ

| 2022 Jul 04 | 01:44 pm 2037

रुपन्देही, असार २०: रुपन्देहीमा पेस्तोलसहित ३ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे  छ। पक्राउ पर्नेमा भारतको सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।

उनीहरूलाई गएराति ईलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देही कार्यालयबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेकाे अवसथामा पक्राउ गरिएकाे बताइएकाे छ ।

प्रहरीलाई शंका लागेर पछ्याउँदै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको छ।

प्रहरीले पछ्याएको थाहा पाएपछि उनीहरु सवार मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिँदा बसपार्कमा दुर्घटना भएको थियो । दुर्घटनामा तीनै जना घाइते भएका छन्। उनीहरुको उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप कनेक्सनबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.