काठमाडौँ, १४ वैशाख / उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएर गएको प्रहरीको टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.-२४ स्थित अवैध सुनको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला दार्चुला महाकाली न.पा.वडा नं. ३ टाटे बस्ने बर्ष ४७ को गणेश दत्त बडु लगाएत सात (७) जनालाई प्रक्राउ गरेको जनाएको छ।
सुन जस्तो देखिने पहेलो धातु ( १७६८.२९ ग्राम) र नगद रु .१,४३,६०,००० ।- सहित बिक्री वितरण गरी रहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि मिति २०८१/०१/१४ गते राजस्व छली समेतको कसुरमा आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोक, ललितपुर बुझाएको प्रहरीले जनाएको छ ।