अवैध सालको काठसहित दुईजना प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2022 May 25 | 02:10 pm 2597

पाल्पा, जेठ ११ः जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान ९ बजेतिर जिल्लाको तानसेन–१३, केरादीदेखि बुटवल जाँदै गरेको लु१ज नम्बरको जीपको पछाडि अवैध रुपमा राखिएको काठसहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनको बसपार्कमा प्रहरी चेकजाँचका क्रममा उक्त जिपमा २४ गोलिया सालका अवैध काठ फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बरामद गरिएको काठ र नियन्त्रणमा लिएको दुईजनालाई डिभिजन वन कार्यालयमा बुझाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.