अवैध सामान सहित एक चिनिया नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 21 | 03:32 pm 2362

काठमाडौं ,भदौ ५: अवैध बनपैदावरका सामान सहित काठमाडौं महानगरपालिका २६ ठमेलस्थित अन होटल संचालन गरी बस्ने चिनिया नागरिक ४५ वर्षीय ऋजभल त्तष्बलन लाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उक्त चिनिया नागरिकले विभिन्न निषेधित जडिबुटीहरुको कारोबार गर्दै आएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे जनाएकाे छ ।

अन होटलको कोठा खान्तलासी गर्दा यर्सागुम्बा जस्तो देखिने बस्तु ९० ग्राम, सिहर्स जस्तो देखिने बस्तु ३ सय ग्राम, सुनाखरी जस्तो देखिने बस्तु ३ सय ३० ग्राम, विभिन्न वनपैदावार जडिबुटीका बोक्रा लगायतका बस्तु १ सय ५० ग्राम, विभिन्न जडिबुटीको फल जस्तो देखिने बस्तु ६ केजी ५ सय ग्राम बरामद भएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.