- महेश सिंह
सिरहा, भदौ १९ः सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र पहरीको बोडर चेक पोस्टले गोप्य सूचनाको अधारमा ठूलो परिमाणको लागूऔषध बरामत गरेको छ ।
भारतबाट लुकिछिपि ल्याउदै गरेको अवस्थामा तीन जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय कुमार कान्छा महतो, सोही ठाँउ बस्ने २१ वर्षीय मोहम्मद जिवल सेख र भगवानपुर गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय सोहित मण्डल रहेका छन् ।
उनीहरूको साथबाट सशस्त्र प्रहरीले नाईटोजन ट्याबलेट ३० पता ४ सय ५० पिस, प्रोभेटाजेल २० भाईल, लाईबेटि २०भाईल , डाईजोल्याप २० पिस, डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल बरामत गरेको हो ।
बरामत गरेको सामान नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिए। पक्राउ गरेका तीनै जनालाई कानुन बमोजिम लागूऔषध ओसापोसार अन्तर्गत कार्बाहि गर्ने गिरीले बताए ।