अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 09 | 06:39 pm 1645

काठमाडौं, पुस २५ः चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ९ सय ९४ ग्राम अवैध लागूऔषध चरेश सहित धादिङ थाक्रे गाउँपालिका-२ बस्ने २० वर्षीय बिवेक शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

ग.१ ख ९४४१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शाहीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै भद्रपुर नगरपालिका-१० स्थितबाट २६ ग्राम १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ बस्ने ३८ बर्षीय सुनला राजवंशी र सोही ठाउँ बस्ने ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् ।

बा.२८प ३५५६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.