अवैध लागूऔषध चेरस सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 01:59 pm 2212

हुम्ला, कात्तिक ३० :  सिमकोट गाउँपालिका ४ हिल्दुङ बस्ने १८ वर्षीय राजेश शाहीलाई करिब २ सय ७० ग्राम अवैध लागूऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको छ ।

खार्पुनाथ गाउँपालिका १ गोप्काबाट सिमकोटतर्फ जाँदै गरेको अवस्थामा सोही स्थानको गोप्चे गौंडास्थित जंगलमा प्रहरी चौकी याङ्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.