अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 17 | 08:59 pm 1582

काठमाडौं, असार ३ः टोखा नगरपालिका-९ लक्ष्मी मार्गबाट अवैध लागूऔषध चरेश ६ केजी ५ सय ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ४४ वर्षीय नन्द प्रसाद रोक्का र सोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका-४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तीमगर रहेका छन् ।

लागूऔषध संचय, ओसारपसार, बिक्री वितरण नियन्त्रण गर्न महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.