उदयपुर, कात्तिक १५ः अवैध लागूऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १० का ७२ वर्षीय वृद्धा सबुरलाल चौधरी, सोही पालिका ९ का २७ वर्षीय सुरेन्द्र दनुवार, १९ वर्षीय बिबेक राई, वडा नं. ६ का ३० वर्षीय रमेश थापा र २८ वर्षीय जिबन खड्का रहेका छन् ।
सूचनाकाे आधारमा अबैध लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका १० देबधारमा अवैध गाँजा विक्री वितरण भईरहेको भन्ने खबर प्राप्त भएपछि खटिगएकाे प्रहरी टाेलीले १ केजी ३ सय ६५ ग्राम गाँजा सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिए ।
पक्राउ गरी उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुर ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।