काठमडौं, मंसिर २६ : छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयर लाईन्सको उडानद्वारा दोहा कतार जान लागेका मोरङ वलिगामा-४ का ३२ वर्षीय मानसिंह सरदार थारुलाई करिब १ हजार २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलको डिपार्चरको एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा प्लास्टिकमा पोको पारी लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सर्लाही बागमती नगरपालिका १ शान्ती टोलस्थित सडकमा सवारी साधन जाँचगर्ने क्रममा बा ४७ प ९२३३ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २६ वर्षीय अजय बिकलाई करिब १ किलो ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागूऔषध गाँजा सहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।