अवैध लागूऔषध गाँजा सहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 04 | 06:10 pm 2472

रौतहट, जेठ २२ः देवाही गोनाही नगरपालिका-८ गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजा सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका-११ थानाभर्‍याङका २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका-९ कुमलटारका २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका-१२ पदम पोखरीका सागर लामा र अंकित लामा रहेका  छन् ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा.६४ प ९३०७ र ना.४५ प ६३९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरु ४ जनाको साथमा ४ वटा झोलामा रहेको उक्त लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.