अवैध लागूऔषध गाँजा सहित एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 29 | 07:55 pm 2437

बारा, माघ १५: अवैध लागूऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ डुमरवानाकी ४८ की कुमारी तामाङ रहेकी प्रहरीले जानकारी दिएको छ ।

अलक बहादुर तामाङको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुराकीको आधारमा बुधबार दिउसो करिब १२ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली खटी घर खानतालसी गर्दा घर कोठा भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको गाँजा १ किलो ५ सयग्राम अवैध लागूऔषध गाँजा फेला पारी बरामद गरी अकल बहादुरको श्रीमतीलाई पक्राउ गरेको हो ।

उक्त लागूऔषध गाँजासहित कुमारी तामाङलाई इलाका प्रहरी कार्यालय सिमरा बारामा ल्याई थप अनुसन्धान कार्य भई रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.