अवैध लागूऔषध गाँजा बरामद

रिपोर्ट नेपाल | 2020 Jun 01 | 08:52 pm 1559

सर्लाही,  जेठ १९ः सोमबार बिहान लालबन्दी नगरपालिका-१२ भालु खोप डाँडा मछयाङको गौंडाबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलाे भन्दा बढी  प्रहरीले बरामद गरेको छ ।

उक्त डाँडाको बाटो हुँदै लागूऔषध गाँजा ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती प्रहरीलाई देख्नासाथ अपरिचित ५ जना व्यक्तिहरुले आफूले बोकी ल्याएको प्लास्टिकको डोरीले बाँधेका ७ वटा पोकाहरु फालेर जङगलतर्फ भागेका थिए ।

प्रहरीले ती पोकाहरु तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.