सर्लाही, कात्तिक ४ः अवैध लागू औषधसहित सोमबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रनगर नगरपालिका ७ का १९ वर्षीय नरेन्द्र कुमार साह र सोही मोटरसाईकल पछाडी सवार हरिपुर नगरपालिका ५ का २२ वर्षीय जितेन्द्र राम रहेका छन् ।
उनीहरुलाई लालबन्दी नगरपालिका १ लखनदेही खोलाबाट प्रहरी नायब निरीक्षक महाताब आलमको कमाण्डमा खटिएको गस्ती टोलीले पक्राउ गरेको जानकारी दिएको छ ।
हरिवन तर्फबाट नवालपुर तर्फ आउदै गरेको बिआर ०६ एडी ५४९८नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा बोरामा पोका बनाई ल्याएको करिब २ किलो लागूऔषध गाँजा बरामाद उनीहरुलाई पक्राउ गरेका सर्लाही प्रहरीले जनाएको छ ।
आगलागी
सोमबार सर्लाहीको बाग्मती नगरपालिका २ धरहराका सुशिल पौडेलको घरमा खाना बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी भएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुङग्रेखोलाबाट प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारीको कमाण्डमा
टोलि खटिगई, उक्त आगलागि भएको घरबाट लत्ता कपडा र फर्निचर सामान्य जलेको अवस्थामा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
निभाउने क्रममा सुशिल पौडेलको अनुहारमा सामान्य पोलेकोले स्थानीय कर्ण मेडिकलमा उपचार गरिएको अबस्था सामान्य रहेको बताइएको छ ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको र उक्त आगलागीबाट करिब ३० हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।