अवैध लागूऔषध गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Dec 18 | 01:54 pm 2052

सर्लाही, पुस ३ः अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका ७ का २० वर्षीय रुपेश राय रहेका छन् ।

उनलाई बिहीबार प्रहरी सहायक निरीक्षक खिलचन्द्र कार्की र प्रहरी हवल्दार हरेन्द्र प्रसाद यादब सहित २ जनाको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा सर्लाही ईश्वरपुर नगरपालिका १२ स्थीत बाँके चोकमा घारी बथानबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

बर्दिबास तर्फ जादै गरेको साईकल यात्रीलाई शंका लागि चेकजाँच गर्दा साईकलको पछाडी केरीयरमा तरकारी बोक्ने क्रेटमा बर्कोले छोपी लैजादै गरेको १०.५ किलो गाँजासहित पक्राउ गरेको हो ।

रायलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भई रहेको बताइएको छ ।

त्यसैगरी लालबन्दी नगरपालिका ६ स्थित पश्चिमबाट पूर्वतर्फ आई रहेको बा८३ प ८४७१ नं मोटरसाइकल रोकी चेकजाँज गर्दा सिन्धुली डाबडाँडा गाउँपालिका १ का ३५ वर्षीय शक्ति लामा र पछाडी सवार रातो जेब्रा झोला भित्र रहेको लागूऔषध गाँजा समाती बसेका रौतहट चन्द्रपुर नगरपालिका १ का ४२ वर्षीय प्रेम यादबलाई पक्राउ गरेको छ ।

उक्त मोटरसाइकलको दुबै लेगार्डमा राखेको सेतो रङको जेब्रा झोला खोली हेर्दा जेब्रा झोला भित्र रातो रंङको प्लाष्टीकले बेरी बाँधेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

बरामद उक्त लागूऔषध ३६.२६ किलोग्राम रहेको छ । बरामद लागूऔषध, मानिस र मोबाईल नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई अनुसन्धान कार्य भईरहेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.