अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

| 2024 Jan 23 | 08:30 am 1057

मोरङ, माघ ९।विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित भारत बिहार राज्य अररीया जोगवनी-११ धर्मशाला बस्ने २० वर्षीय बिशाल पोदारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.