अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ

| 2020 Nov 07 | 08:08 am 2124

जाजरकोट, कात्तिक २२ः अवैध लागूऔषध अफिमसहित नलगाड नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका ९ का ६० वर्षीय कालीबहादुर सिंह रहेका छन् ।

प्रहरीले १२ केजी अफिमसहित उनीलाई शुक्रबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.