अवैध लागूऔषधसहित पासवान प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Sep 28 | 03:26 pm 1841

सर्लाही, असोज १२ः प्रतिबन्धित अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका २ पुनरबासक ३० वर्षीय दिने पासवान रहेका छन् ।

उनले बाँस घारिमा लुकाई छिपाई राखेको भन्ने खबर प्रहरी चौकीमा प्राप्त हुना साथ प्रहरी चौकी भाडसरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएका टोली र बीपीओ खुटौनाबाट सहायक प्रहरी निरीक्षकको टोली खटिगई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लागूऔषध डाइलेक्स डीसी १०० एमएलको ५० वटा बोतल फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसंधान लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.