सर्लाही, असार २७ः अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सर्लाही कोडैना गाउँपालिका वडा नं. २ बस्ने वर्ष २८ का रितेश कुमार यादव र लालबन्दी नगरपालिका वडा नं. २ बस्ने वर्ष ३४ का रोशन भन्ने बिजय कुमार घिमिरे रहेका छन् ।
नवलपुर चोक स्थित मलंगवाबाट नवलपुर तर्फ आउदैगरेको BR30AA3365 नं. को मोटरसाइकललाई बिशेष सुचनाको आधारमा प्रहरी टोलीले शंका लागि उक्त मोटरसाइकल रोकी चेक जाँच गर्दा तरकारी बोक्ने नाईलनको झोलामा कपडाको गम्छाले बेरी लेगार्डमा झुन्ड्याएको अबस्थामा लागूऔषध NITRAVET-10 ५० पत्ता १५ सय चक्की फेला पारेकाे थियाे ।
त्यसैगरी घिमिरेकाे घरमा लागूऔषध राखेको छ भन्ने गाेप्य सूचनाकाे आधारमा उनको घरमा गई खानतलासी गर्दा DIALEX-DE (100 ML) को ९० बोतल लागूऔषध बरामद भएपछि घिमिरेलाई नियन्त्रणमा लिई सोधपुछ एंव अनुसन्धान कार्य भईरहेको बताइएकाे छ।