अवैध लागूऔषधसहित दुई जना पक्राउ 

| 2021 Jun 08 | 07:28 pm 149

महोत्तरी, जेठ २५ः जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका २ बस्ने २१ वर्षीय संजिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका ३ बस्ने २७ वर्षीय विप्लव बराल रहेका छन् ।

ज ११ प २१६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

गाँजा बरामद
सुनसरी जिल्लाको भोक्राहा नरसिंह नगरपालिका ८ सिसुवा धरमपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ सय के.जी. गाँजा बरामद गरेको छ ।

सोही ठाउँको मकै बारीमा बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टीबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.