अवैध लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 15 | 04:11 pm 1994

सुनसरी, असार १ः जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-८ का शिव शंकर मेहेता र बर्जु गाउँपालिका-३ बाट बिराटनगर महानगरपालिका-१६ का सन्तोष मण्डल रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूकाे साथबाट प्रहरीले अबैध लागूऔषधहरु डाईलेक्स डिसि ८० बोतल, स्पास्मोप्रोक्सिभन ४ सय २९ क्याप्सुल, नाईट्रोसन ३७ ट्याबलेट र नाईट्राभेट १० लेखिएको ६ सय क्याप्सुल सहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनाकाे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.