अवैध लागूऔषधसहित  कैलालीबाट २ जना पक्राउ

| 2023 Dec 05 | 05:07 pm 389

 कैलाली, मंसिर १९ /  गोदावरी नगरपालिका-१ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश कट्टेल र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका-२ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले उनलाई चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.