अवैध लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 24 | 09:03 am 2405

सर्लाही, चैत ११ः अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बागमती नगरपालिका  ४ का ४० वर्षीय आइते लामा रहेका छन् ।

उनलाई हरिपुर नगरपलिका ४ स्थित नबलपुर-मलंगवा सडकखण्डमा विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी सहायक निरीक्षक सिल्पा पासवानको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेकाे हाे ।

मलंगवाबाट नबलपुर तर्फ आउँदै गरेको BR30F 9593 नं.काे मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको तेल ट्याङकीमा लुकाई राखेको Chlorpheniramine Maleate & Codeine Phosphate Syrup
(WINCIREX ) लेखेको लागूऔषध ५९ बोतल र मोटरसाइकलसहित लामालाई नियन्त्रणमा लिई अनुसन्धान
कार्य भईरहेको सर्लाही प्रहरीले जानकारी दिएकाे छ ।

आगलागिबाट लाखाैंकाे क्षति

मंगलबार सर्लाही बरहथवा नगरपालिका-९ ब्रहम स्थान बस्ने राज कुमार महत्तोको एक तल्ले काठ, टालिले छाएको घरमा बिजुलिको तार सर्ट भई आग-लागि हुदाँ उक्त घर, घर भित्र रहेको नगद ३ लाख ५० हजार – लत्ता कपडा, अन्न पात
गरि ९ लाख बराबरको सर सामान जलि नष्ट भएको छ ।

उक्त आगोको लप्काले भेटर जोगिन्द्र महत्तोको घरको  रेलिङमा राखिएको लत्ता कपडा जलि नष्ट हुँदा ५० हजार बराबरकाे क्षति भएको बताइएकाे छ । उक्त आगलागि भएकाे खबर पाउनासाथ प्रहरी नायब निरीक्षक मो.सफिउल्ला आलमको कमाण्डमा ५ जनाको टोलि खटी गई प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे हाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.