अवैध रूपमा १३ लाख भारु लिएर नेपाल प्रवेश गर्न लागेका २ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 01 | 07:00 pm 3577

कपिलवस्तु ,१७ असार :  अवैध रूपमा भारतीय रुपैयाँ लिएर नेपाल प्रवेश गर्न लागेका २ जना पक्राउ परेका छन् । शनिबार कञ्चनपुर गैरीगंगा नगरपालिका(६ वनबेडा घर भई भारतको हरियाणामा होटल चलाउने महेन्द्र ओझा र भारतको कंदेल जिल्ला हरियाणा घर बताउने राजेन्द्र जाडलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू गैरकानुनी रूपमा १३ लाख १३ हजार ६ सय ६० भारतीय नोट लिएर कृष्णनगरस्थित लिंक गेटबाट नेपाल पस्दै गरेको नायब प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

भारतीय एचआर ०८ एक्स ६०८८ नम्बरको कारको सिटमुनिबाट २ हजार, ५ सय, २ सय, १ सय, ५० र १० रुपैयाँका नोट लुकाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीले चेकजाँच गर्दा कार चालक ह्यान्डिल लक गरी भागेका थिए । ‘उनीहरूको गतिविधि शंका लागि चेक गर्दा अवैध नोटसहित पक्राउ परेका हुन्,’ कार्कीले भने, ‘काठमाडौं जान भनेर उनीहरू नेपाल प्रवेश गरेका थिए ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.