अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोग एक जना पक्राउ

| 2023 Dec 07 | 02:24 pm 453

 

काठमाडौं, अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाको न्यूरोड लगायत बिभिन्न ठाउँमा बिलबिजक बिनाको सुनका गरगहनाहरु बिक्री वितरण गरेको तथा गैरकानुनी रूपमा हुण्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट उनलाई सुनका विभिन्न गरगहना तथा  टुक्राहरू, अमेरिकी डलर र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट सुन तथा सुनका गरगहना ७ केजी  १ सय ८५ ग्राम ३ सय ३५ मिलिग्राम, ३९ लाख ५० हजार रूपैयाँ, ४ हजार १ सय अमेरिकी डलर र विभिन्न कागजात रहेका रेकर्ड फाइल प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.