मोरङ, भदौ २९ : अवैध रुपमा लुकाई छिपाई ल्याएको ४५० प्याकेट पटका सहित कटहरी गाउँपालिका ८ बस्ने ४५ वर्षीया मिना खातुन र सोही स्थान बस्ने २५ वर्षीय अवरुल खातुनलाई आज शुक्रबार प्रहरीले पक्राउ गरेका छन् ।
जहदा गाउँपालिका ५ लक्ष्मिनिया चोकमा प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ लुकाई छिपाई झोलामा ल्याएको उक्त परिमाणको पटका सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले मिना खातुनको साथबाट २ सय प्याकेट र अवरुल खातुनको साथबाट २ सय ५० प्याकेट पटका फेला पारेको प्रहरीले बताए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।