अवैध रुपमा ल्याएको कुखुराको चल्ला बरामद

रिपोर्ट नेपाल | 2019 Feb 18 | 10:01 pm 2421

बारा, फागुन ६ : अवैध रुपमा ल्याएका कुखुराको चल्ला प्रहरीले बरादम गरेको छ । उक्त कुखुराको चल्ला ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टालीले चेकजाँच गर्ने क्रममा बरामद गरेको हो ।

बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ पथलैया हेटौडा सडक खण्डमा हेटौडा तर्फ जाँदै गरेको ना ६ ख ९३४० नम्बरको बसमा अन्दाजी एक लाख पाँच हजार बराबरको ३५ सय चल्ला बरामद गरेको प्रहरीले जानकारी दिए ।

साथै उक्त चल्ला ल्याउने भारत जिल्ला उदम सिंह नगर उत्तरखण्ड रुद्रपुरका जमिल अहमद, रेहान अहमद र ईबराहन अहमदलाई समेत प्रहरीले नियन्त्रणमा लिएका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि आजै क्‍वारेन्टाइन कार्यालय पथलैया बारामा पठाइएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.