अवैध रुपमा राखेको पेस्तोल सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 02:07 pm 2423

नवलपरासी, कात्तिक ३० :  पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर डेरा गरी बस्ने सोही गाउँपालिका घर भएका २४ वर्षीय मेलु मुसलमानलाई लुकाई छिपाई राखेको पेस्तोल १ थान सहित आज शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अवैध हतियार लुकाई छिपाई राखेको भन्ने बिशेष सूराकिको आधारमा ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनको डेरा कोठा खानतलासी गर्दा सिरानी मुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला परेको हो । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.