अवैध रुपमा भारत निकासी हुँदै गरेको २६ वटा गोरुसहित ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 04 | 05:21 pm 4553

इलाम,  २० असार : सोमबाट राति करिब १० बजे इलामको सुर्योदय नगरपालिका ३ बौद्धधाममा २६ वटा गोरुसहित ४ वटा पिकअप र ४ जना पिकअप चालकलाई पक्राउ गरेको छ ।

बौद्धधामको कच्चि सडक खण्डमा ४ वटा पिकअप गाडीमा जम्मा २६ वटा गोरुहरु लोड गरी अबैध रुपमा भारत तर्फ निकाशी गदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्तीको टोलिले फेला पारी पक्राउ गरेको हो । पक्रउ परेका गोरु र पिकअफलाई आवश्यक कार्वाहीको भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको छ । त्यस्तै चलाकहरु पशुपतिनगर इलाका प्रहरीकार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालाय इलामले जानकारी दिएको छ ।

त्यस्ते आज विहान ११ बजे सूर्योदय नगरपालिकाको टाँसि गाँउ भन्ने स्थानमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ति टोलिले नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजानको लागी राखिएको १२ कार्टुन चुरोट बरामद गरी आवाश्यक कार्वाहिको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय एसपी माधव श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.