अवैध भारतीय नोट सहित जैनुल पक्राउ

| 2023 Nov 09 | 10:43 am 2953

झापा, कार्तिक २३ । स्रोत नखुलेको भारतीय नोट सहित एक भारतीय नागरीकलाई मेची नगरबाट पक्राउ गरेको छ ।

चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले भारतको ठनाचोक बस्ने ६२ वर्षीय जैनुल हकका साथबाट ३ लाख २० हजार भारतीय नोट बरामद गरेको छ । जैनुल हकका साथबाट प्रहरिले ५ सयको ५ सय थान २ सयको २ सय थान र १ सयको ३ सय थान नोट बरामद गरेको छ ।

अवैध स्रोत नखुलेको पैसा बोकेर नेपाल आएका हकलाई राजश्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.