मकवनापुर, मंसिर २७ / मकवनापुर, बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेसुरले आफ्नो घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो ।