अवैध प्रतिबन्धित लागूऔषध सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 25 | 06:43 pm 1556

काठमाडौं, माघ ११: देशका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे, पनौती नगरपालिका–८ मल्पीका ६१ वर्षीय सुदर्शन खत्रीलाई करिब १७ केजी लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ बसपार्कबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ३ सय ट्याबलेट सहित दार्चुला मालिका अर्जुन गाउँपालिका–३ घर भएका २५ वर्षीय अर्जुन सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.