सर्लाही, कात्तिक १७ः दशै, तिहार र छठ पर्वको अवसर पारी सर्लाहीको बिभिन्न नाकाहरु भएर भारतबाट नेपाल
भित्र्याएका बिभिन्न किसिमका पटाकासहित प्रहरीले ट्याक्टर पक्राउ गरेको छ ।
अवैध पटका ओसारपसार हुँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा भारतसँग सिमाना जोडिएको सिमावर्ति नाकाहरुमा गस्ती पट्रोलिङ बढाएको प्रहरीले जानकारी दिएको हो ।
यसैक्रममा आकस्मिक चेकजाँच लगायतका डिउटी परिचालन गरी ईलाका प्रहरी कार्यालय गडहिया सर्लाहीबाट खटीएको गस्ती टोलीले सर्लाही बलरा नगरपालिका ८ सडकबाट पालले टेलरको भाग छोपी राखेको अवस्थामा ज १ त २१७६–९ नं. को टेलर साहितको सोनालिका ट्याक्टरबाट अठईसा, झिरझिरे, राधाचक्र लगायतका बिभिन्न किसिमका १ हजार ८८ किलो ग्राम पटका बरामद गरी बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।