काठमाडौं, जेठ १९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना अवैध डलर सहित पक्राउ परेका छन् ।
अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुक लैजान थालेको ८ हजार ७ सय अमेरीकी डलर सहित धनुषा जिल्ला जनकपुर महानगरपालिका १ शिव पथका ४६ वर्षिय सन्तोष कुमार चौधरी पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको फ्लाइटबाट काठमाडौं देखि बैंगलोर जान लागेका चौधरी चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।
हाते व्यागमा अवैध डलर राखेर उड्ने तरखरमा रहेका सन्तोषलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।