अवैध चिनीसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2022 Oct 24 | 07:39 am 1905

सर्लाही, कात्तिक ७ः अवैध रूपमा चाेरी निकासी गरी ल्याएकाे चिनी प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बसवरिया गाउँपालिका-३ स्थित भित्री सडक खण्डमा विशेष सुचनाको आधारमा प्रहरी टोलीले बलराबाट नयाँ रोड तर्फ जादै गरेको मधेश प्रदेश०३-००१ ख ७५८८ नं.को ट्रकमा ४ सय ८० बोरा चिनी बरामद गरेकाे हाे ।

उक्त चिनीकाे कुनै किसिमको बिल समेत नरहेकोले ट्रक ,चिनी र चालक सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा, सर्लाहीमा बुझाईएको प्रहरी नायब उपरीक्षक बिजय यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.