काठमाडाैं, पुस २४ः बिहीबार बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट गएको पट्रोल टोलीले अवैध रुपमा घरमा चित्तलको मासु काटिरहेको अवस्थामा ४ किलाे चित्तलको मासु सहित चार जना महिलाहरुलाई नियन्त्रणमा लिई दोहोरो भरपाईका साथ सकुशल अवस्थामा निकुञ्ज प्रशासनलाई बुझाएको छ ।
पक्राउ पर्नेहरुमा वांसगढी नगरपालिका ९, थुमनीकी ३० बर्षीया मोनकला भण्डारी, ५१ बर्षीया जुन चन्द ठकुरी, ३७ बर्षीया जैसरा विक र ३३ बर्षीया सावित्रा वली रहेको जानकारी गराइएकाे छ ।