दाङ, कात्तिक ८: अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । शुक्रबार दाङ घोराही उप महानगरपालिका वडा नं १७ कटुवा खोलाको किनारमा विभिन्न मिती बरामद गरीएका जम्मा १२ सय लिटर तयारी मदिरा नष्ट गरेको प्रहरीले जानका।री दिए ।
उक्त मदिरा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक ,घोराही उपमहानगरपालिका १४ र १५ का वडा अध्यक्ष, पत्रकार लगायत अन्य व्यक्तिहरुको उपस्थितीमा नष्ट गरिएको हो ।